काठमाण्डु- नेपाल ब्यूटिसियन संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको छ। गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा कार्यरत कर्मचारी बन्दना कणर्ले संघको आजिवन सदस्य सुष्मा महराले केएल टावरमा सञ्चालनमा ल्याएको फेसियल हाउसमा सेवा लिन जाँदा गरेको व्यवहारका विषयका बारेमा मन्त्रीलाई जानकारी गराउँदै शुक्रबार ज्ञापन पत्र बुझाईएको हो।
संघका अनुसार फेसियल हाउसमा खुला रुपमा राखिएको सीसी क्यामेराको हवला दिँदै उक्त क्यामेराले सेवाग्राही कणर्को निजी व्यक्तिगत गोपनियतामा आँच आएको भनी महानगरिय प्रहरी वृत गौशलामा उजुरी दिएकी थिइन । प्रहरीले उक्त घटनामा परेको उजुरी अनुसार आपराधिक कार्य नभएको भन्दै असार २८ गते कणर् कै सहमतिमा प्रहरी कार्यालयमा सहमति समेत गरेको थियो ।




प्रतिक्रिया