माओवादी पदाधिकारी बैठकः राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल

माओवादी पदाधिकारी बैठकः राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रले साउन १७ देखि बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिएको छ ।

पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरुले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु भएको र त्यसलाई निष्कर्षमा पुर्‍याउन भोलि पनि बैठक बोलाइएको सचिव चक्रपाणि खनालले जानकारी दिए। नेताहरुको सुझावहरुलाई समेत समेटेर अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनलाई अन्तिम दिने सचिव खनालले बताए।

बैठकमा पार्टीको समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाई एजेण्डा टुंगो लगाउने विषयमा पनि नेताहरुबीच सहमति भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इटाली जानुअघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरुलाई दिएको थियो ।