राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकता गर्ने सहमति

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकता गर्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच एकता गर्ने सहमति भएको छ । यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको छ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति भएको हाे ।

“राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर, साउन १६ गते राष्ट्रिय सभागृहमा घोषणासभा हुने, सघिय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्यगरी हिन्दुअधिराज्य,सुशासन र समृद्ध नेपाल निर्माणगर्ने संकल्प, निकट भविष्यमा जनआन्दोलन गर्ने” पार्टी अध्यक्ष थापाले सहमतिपछि सामाजिक संजाल ट्वीटमार्फत जानकारी दिएका छन् ।