निर्माण हुन बाँकी कानुन यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्रीकाे निर्देशन

निर्माण हुन बाँकी कानुन यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्रीकाे निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण हुन बाँकी कानुनहरु यथाशीघ्र अगाडि बढाउन निर्देशन दिएका छन् ।

आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग भएको बैठका उनले अघि बढेर पनि मन्त्रिपरिषदका विषयगत समिति तथा मन्त्रालयहरुमा अल्झिएका कानुनहरुबारे चासो व्यक्त गरेका हुन् ।

यसअघि पनि उनले सार्वजनिक रुपमै कानुन निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि पोखेका थिए ।