नक्कली शरणार्थी प्रकरण : बालकृष्ण र टोपबहादुरसहितका अभियुक्तहरु उच्च अदालत पुगे

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण र टोपबहादुरसहितका अभियुक्तहरु उच्च अदालत पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् ।

आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका हुन्।

उनीहरूले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दर्ता गरेको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको दाबी छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।