माग पूरा नभएसम्म एमालेले संसद् चल्न नदिने

माग पूरा नभएसम्म एमालेले संसद् चल्न नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग पुरा नभएसम्म संसद् चल्न नदिने अडान कायमै राखेको छ ।

मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठकको तयारीका लागि बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाएसम्म संसद चल्न नदिने अडान कायम राखेको हो ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्वीन्टल बढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ ।

नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाएसम्म संसद चल्न नदिने आफ्नो अडानबाट पछि नहट्ने बताएको छ ।

सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदको अवरोध हटाउने विषयमा छलफलमा जुटेका थिए । बालुवाटारमा भएको छलफलमा अध्यक्ष ओलीले सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाएसम्म संसदको अवरोध नहट्ने बताएका थिए ।

सो प्रकरणमा गृहमन्त्री, अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै एमालेले गत साउन १० गते बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गरेको थियो भने साउन १५ गतेका लागि तय भएको बैठक एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।