काठमाण्डु- सरकारले संघीय शिक्षा ऐन संसदमा पठाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो । त्यस्तै आज बसेको बैठकमा लम्पी स्किन रोग लगायत अन्य समसामयिक विषयमा छलफल भएको छ ।
लम्पी स्किन रोगबाट किसानले भोगेको क्षतिबारे कृषि मन्त्रालयको प्रतिवेदनका आधारमा अर्को बैठकबाट क्षतिपूर्ति दिनेगरी निर्णय गर्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।




प्रतिक्रिया