संघीय शिक्षा ऐन संसदमा पठाउने, लम्की स्किनपीडित किसानलाई क्षतिपूर्ति दिने मन्त्रिपरिषद्को निर्णय

संघीय शिक्षा ऐन संसदमा पठाउने, लम्की स्किनपीडित किसानलाई क्षतिपूर्ति दिने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले संघीय शिक्षा ऐन संसदमा पठाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो । त्यस्तै आज बसेको बैठकमा लम्पी स्किन रोग लगायत अन्य समसामयिक विषयमा छलफल भएको छ ।

लम्पी स्किन रोगबाट किसानले भोगेको क्षतिबारे कृषि मन्त्रालयको प्रतिवेदनका आधारमा अर्को बैठकबाट क्षतिपूर्ति दिनेगरी निर्णय गर्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।