काठमाण्डु- सत्तारुढ नेकपा माओवादी केन्द्र केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयबाट पछि हटेको छ। आज बिहान मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।
यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर, बैठक लाइभ गर्ने सम्बन्धमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि स्थगित गरेको हो । माओवादीको पाँचदिने केन्द्रीय समिति बैठक दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुँदै छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका काम-कारबाही, संगठनात्मकलगायत विषयका एजेन्डा पेस गर्नेछन्। प्रचण्डपछि जम्बो केन्द्रीय सदस्यलाई धारणा राख्न समय दिइनेछ।




प्रतिक्रिया