काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी,पार्टीजस्तो हुन नसकेको बताएका छन् ।
बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले माओवादी पार्टी,पार्टीजस्तो हुन नसकेको बताएका हुन् ।
‘हाम्रो पार्टी, पार्टीजस्तो भइरहेको छैन। पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ,’ उनले भने, ‘पार्टीका सन्दर्भमा बेलामौकामा भन्ने गरेको छु- हामीसँग नेता कार्यकर्ताको विशाल पङ्ति त छ। तर पार्टीचाहिँ पार्टीजस्तो भइराखेको छैन।’
यो केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत हुने प्रचण्डको भनाइ छ ।




प्रतिक्रिया