कोशीमा सत्ता गठबन्धनबीच भागबण्डामा सहमति जुट्यो

कोशीमा सत्ता गठबन्धनबीच भागबण्डामा सहमति जुट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशमा सत्तागठबन्धनबीच मन्त्रालयको भागबण्डाबारे सहमति जुटेको छ । उद्धव थापा थापा नेतृत्वको सरकारमा पहिलो चरणमा बन्ने मन्त्री र मन्त्रालयको भागबन्डाबारे कोशीमा सत्ता गठबन्धनबीच सहमति जुटेको हो ।

मन्त्रालयको भागबण्डामा सहमति जुटाउन मुख्यमन्त्री थापाले बिहान साढे १० बजे लिने भनिएको शपथग्रहण कार्यक्रम आजै बेलुका ५ बजे सारिएको थियो । मन्त्रालयको भागबण्डाबारे सहमति जुटाउन आज सत्ता गठबन्धनको बैठक बसेको थियो ।

मन्त्रालयको भागबन्डाबारे सत्ता गठबन्धनको बैठकपछि माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको हो । सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त मुख्यमन्त्री थापाले आज साँझ ५ बजे पद तथा गोपनियतको सपथ लिँदै छन्।