काठमाण्डु – सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको हो ।
गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।
प्रधानन्यायाधीश कार्कीको कार्यकाल २० गते सकिँदैछ । परिषद्ले वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिश गर्ने सम्भावना छ ।




प्रतिक्रिया