बुङ्गलका करार आइटी अफिसरकाे दादागिरी: भिडियाे बनाएकाे निहुमा रामचन्द्रमाथि आक्रमण

बुङ्गलका करार आइटी अफिसरकाे दादागिरी: भिडियाे बनाएकाे निहुमा रामचन्द्रमाथि आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती, काठमाण्डु-  बझाङकाे बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आइटी अफिसर) रमेश कार्किले स्थानीय रामचन्द्र जाेशीमाथि भाैतिक आक्रमण गरेका छन् ।नगरपालिकाकाे भ्रष्टाचार विरूद्व बाेल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ साेही विषयकाे निहुमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका हुन् ।

रामचन्द्रले बुधबार दिउँसाे कार्यालय समयमा समेत नगरपालिकामा काेही कर्मचारी नभएकाे भिडियाे खिचेर सामाजिक सञ्जालमा राखेका थिए । साेही भिडियाे किन राखेकाे भन्दै कार्कीले आफूलाई आक्रमण गरेकाे उनले बताए ।

कार्किकाे हातपातले उनकाे छाति र औंलामा चाेट लागेकाे छ । अहिले उनीमाथि आक्रमण भएकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे छ । राजनीति पहुँचकै भरमा कार्कि नगरपालिकाकाे सूचना तथा प्रविधि शाखाकाे प्रमुखमा नियुक्त भएका थिए । उनकाे याेग्यताकाे विषयमा समेत बेला- बेलामा स्थानीयहरूले प्रश्न उठाउने गरेका थिए । तर, मेयरदेखि अन्य राजनीति नेतासँग बलियाे पहुँच बनाएका उनीमाथि कसैले पनि छानबिन गरेन् ।

स्थानीय तहले दरबन्दी सिर्जना गरेर करार कर्मचारी राख्न नपाउने कानुनी व्यवस्था छ । तर, नगरपालिकामा हाल सयभन्दा बढी करार कर्मचारी छन् । नगरपालिकाले रिक्त दरबन्दीमा स्थायी पदपूर्तिकाे लागि लाेकसेवा आयाेगलाई काेटा पठाउन छाेडेर जागिर खुवाउनकै लागि कार्की जस्तै कयौं करार कर्मचारी भर्ति गरेर पालिरहेकाे छ ।

महालेखा परीक्षककाे कार्यालयले यसअघि पनि करार कर्मचारी राखेकाेमा प्रश्न उठाउँदै आएकाे छ । यस्ता कर्माचारी पाल्नकै लागि वार्षिक नगरपालिकाकाे डेढ कराेडसम्म खर्चहुने गरेकाे महालेखाले औंल्याएकाे छ ।

बुधबार रामचन्द्रले खिचेकाे कार्यालकाे भिडियाेमा काेही पनि कर्मचारी र जनप्रतिनिधि अफिसमा देखिदैनन् । कार्यालय समयमै एकजना पनि कर्मचारी नभेटेपछि नगरपालिकाकाे सेवा प्रवाह र जनप्रतिनिधिकाे भूमिकामै प्रश्न उठेकाे छ ।