सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश दिएसँगै माधव नेपाल विदेश भ्रमणमा निस्किए

सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश दिएसँगै माधव नेपाल विदेश भ्रमणमा निस्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल विदेश भ्रमणमा निस्किएका छन्। टर्किस एअरको विमानबाट साेमबार बिहान ७:३० बजे इस्तानवुल हुँदै जेनेभा प्रस्थान गरेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन त्यसतर्फ गएको उनको निजी सचिवालयले जनाएको छ। उनी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ।

सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न आदेश दिएको भोलिपल्ट नै नेपाल विदेश भ्रमणमा निस्किएका हुन्। आदेशले अख्तियार र सीआईबीले नछोएका नेपाल–भट्टराई छानबिनको दायरामा तानिएका छन्।

सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा अध्यक्ष नेपाल दृढ रहेकाे उनकाे निजी सचिवालयले जनाएकाे छ।