काठमाण्डु – ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको हाे ।
आइतबार पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार,पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमिसुधार मन्त्री डम्बर जोशी र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहरविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रताेले जनाएकाे छ ।
२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन् ।
अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।




प्रतिक्रिया