संसदीय समितिको नेतृत्वमा मिल्यो भागबण्डा, रास्वपा र राप्रपाले पाएनन्

संसदीय समितिको नेतृत्वमा मिल्यो भागबण्डा, रास्वपा र राप्रपाले पाएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागण्बडा मिलेको हो । जसअनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, एकीकृत समाजवादी र जनमत एक–एक समितिको सभापति भागमा परेको छ ।

प्रतिनिधिसभातर्फ १० वटा र संयुक्त २ वटा संसदीय समितिहरु छन् । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीबीच समिति सभापतिमा भागबण्डा हुँदा रास्वपा र राप्रपालाई भने भागबण्डा नपाएका हुन् ।