एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा अवरोध गरेको छ । सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले आज बसेको राष्ट्रियसभाको बैठक अवरोध गरेको हो।

सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने सांसद दिलकुमारी रावलले बताइन् । एमालेलाई अवरोध हटाएर जान राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले पटक पटक आग्रह गर्दा पनि एमालेका सांसदहरू अडानबाट पछि हटेनन्।

एमालेले अवरोध कायम राखेपछि साउन २४ गते बुधबार १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएको छ।