प्रतिनिधि सभा १२ दिनदेखि बन्धकः जनताका मुद्दा कमजोर, बार्गेनिङमा दल!

प्रतिनिधि सभा १२ दिनदेखि बन्धकः जनताका मुद्दा कमजोर, बार्गेनिङमा दल!

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संसदको अवरोध खोल्ने बिषयमा शिर्ष राजनीतिक नेतृत्वमा सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बोलाउनुभएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आइरहेपछि बैठक पटक पटक नबसी स्थगित हुँदै आइरहेको छ। सदनको अवरोध खुलाउनेबारे प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुख छलफल गरिरहेका छन्।

सोमबार समेत कुनै निचोड नलिस्किएपछि शिर्ष नेताहरुको बैठक मंगलबार फेरी बस्नेछ। छलफलमा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानलाई कायमै राखेको छ । प्रधानमन्त्री प्रचण्ड भने समिति बनाउन तयार देखिनुभएको छैन । यसै कारण संघीय संसद साउन १० गतेदेखि अवरोध गर्दै आएको छ।

यसअघि सोमबारै दिउँसो १ बजे बसेको राष्ट्रियसभाको बैठकमा समेत एमालेले अवरोध गरेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। बैठक सुरु हुने वित्तिकै एमाले सांसद दिलकुमारी रावलले सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने अडान रहेको बताईन्।

यसअघिका प्रकरणमा भएको छानबिनको स्मरण गराउँदै सरकारले तत्काल उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म अवरोध कायम रहने उनको भनाई छ ।

रास्वपा आक्रोसित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गर्नुभएको छ । अहिले जन सरोकारका कयौं मुद्दामा छलफल र निणर्य गर्नुपर्ने हुँदा समेत बार्गेनिङ चल्नु तर संसद नचल्नु दुःखद भएको बताए।

‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दु:खद ।’

यस्तै रास्वपाकै सांसद सोविता गौतमले पनि नेपालको सार्वभौम संसद दलीय भागबन्डाको बन्धक भएकोमा दुःख व्यक्त गरे। नेपालको संसद स्वार्थको जालोमा जेलिएको बताउदै गौतमले तेश्रो पटक पनि संसद चल्न नसक्नु दुःखद् भएको बताइन्।

उनले लेखेकी छिन्,’नेपालको सार्वभौम संसद दलीय भागबन्डाको बन्धक भएको छ । कति विधेयकमा छलफल थियो, संशोधन थियो, जनताको आवाज बोल्नु थियो तर नेपालको सार्वभौम संसद दलीय स्वार्थको जालोमा जेलिएकोछ । तेस्रो पटक पनि चल्नै सकेन।’

जनतामा मुद्दा कमजोर

सभामुख देवराज घिमिरेले संसद अवरोध हुँदा जनताका आवाज रोकिएकामा दुःख व्यक्त गरेका छन्। संसदको अवरोध हटाउने सम्बन्धमा भोलि बस्ने शीर्ष नेताहरूको बैठकबाट सहमति जुट्ने अपेक्षा व्यक्त गरेका हुन्। मंगलबार दिउँसो ३ बजे संसद् बैठक सुरु हुनुभन्दा पहिले नै शीर्ष नेताहरूबीच सहमति निस्कने घिमिरेले बताए। तर सहमतिको विकल्प नरहेको उनको भनाई छ ।

‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ । सहमतिको विकल्प छैन । संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकम रुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु,’ सभामुख घिमिरेले सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।

के भन्छ एमाले?

यता नेकपा एमालेले भने सरकार र मन्त्रीहरुकै संलग्नता देखिने प्रसस्त आधार भएको भन्दै उनीहरुकै जयजयकार गर्न नसकिने र छानविन समिति आवश्यक रहेकोमा अठान कायम राखेको छ। पार्टीका सचेतक महेश बर्तौलाले गृहमन्त्रीले बोल्दैमा विश्वास गरिहाल्ने अवस्था नरहेको समेत बताए।

सरकारका निकायहरुले गरिरहेको अनुसनधानको अविश्वास नभएपनि छानविनमा टेवा पुग्ने गरि नैसहयोगका लागि छानविन माग गरिएको उनकाे भनाई छ।