बालुवाटारमा सभामुखसहित तीन दलका शीर्ष नेता छलफलमा, जुट्ला सहमति ?

बालुवाटारमा सभामुखसहित तीन दलका शीर्ष नेता छलफलमा, जुट्ला सहमति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित ३ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। संघीय संसद्‌मा जारी अवरोध खुलाएर सदन सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको आह्वानमा बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा नेकपा एमालेका सचेतक समेत सहभागी छन् ।

सोमबार पनि सभामुखसहित प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली छलफलमा जुटेका थिए । सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा सत्ता र प्रतिपक्षबीच कुरा नमिल्दा सभामुख देवराज घिमिरेको कार्यकक्षमा सोमबार दिउँसो बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।