काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ । उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले बैठक चल्न दिन सहमत भएको हो ।
मंगलबार भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको मागमा सहमति भएन । तर गृहमन्त्रीलाई बोल्न दिन एमाले तयार भएको छ । आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र एमाले नेताहरुले पनि आफ्नो धारणा राख्ने भएका छन् ।




प्रतिक्रिया