ललिता निवास प्रकरणमा सर्वाेच्चको आदेशले अनुसन्धानमा सहयोग पुगेको छ : गृहमन्त्री श्रेष्ठ

ललिता निवास प्रकरणमा सर्वाेच्चको आदेशले अनुसन्धानमा सहयोग पुगेको छ : गृहमन्त्री श्रेष्ठ

तथ्य र प्रमाणका आधारमा प्रहरीले काम गरिरहेको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन दिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले भने–‘फलाना पनि त्यसमा संलग्न हुनुपर्ने हो, त्यहाँसम्म त पुगेन भन्ने लाग्न सक्छ । तर सरकार र अनुसन्धान संयन्त्रले लागेको आधारमा गर्न मिल्दैन, तथ्य प्रमाणको आधारमा गर्न मिल्छ । त्यसकारण अहिले तथ्य प्रमाणका आधारमा प्रहरीले काम गरिरहेको छ, तथ्य प्रमाणले जहाँसम्म फेला पार्छ त्यहाँसम्म पुगेर ल्याउने र कारबाही प्रक्रियामा लाने काम भएको छ । यसमा कुनै शंका नगरियोस् ।’

ललिता निवास प्रकरणमा पनि सर्वाेच्च अदालतको आदेशले अनुसन्धानमा सहयोग पुगेको बताउँदै अनुसन्धानको प्रक्रिया जारी रहेको बताएका छन् ।