काठमाण्डु- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको आज बसेको बैठकमा पनि अवरोध गरेको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेका सांसदहरूले नाराबाजीसहित वेल घेराउ गरेका हुन् ।
नेकपा एमालेको अवरोधका कारण १३ दिनपछि मंगलवार बसेको प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको थियो । त्यस्तै आज बसेको बैठकमा पनि एमालेले आफ्नो अडान कायम राख्दै संसदमा अवरोध गरेको हो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसद्हरूले नाराबाजी गरेका छन् । उन ३ गते बरामद भएको १०० केजी सुनबारे गृहमन्त्री र अर्थमन्त्रीलाई थाहा नभई प्रधानमन्त्रीलाई मात्रै थाहा भएको विषय नै शंकास्पद रहेको एमाले सांसदहरुको भनाइ छ ।




प्रतिक्रिया