आम आदमी पार्टीका सांसद सुशील टमाटर र अदुवाको माला लगाएर संसद् पुगे

आम आदमी पार्टीका सांसद सुशील टमाटर र अदुवाको माला लगाएर संसद् पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतस्थित आम आदमी पार्टीका सांसद सुशील गुप्ता आज टमाटर र अदुवाको माला लगाएर संसद् भवन पुगेका छन्। उनले आफ्नो ट्विटर अकाउन्टमा टमाटर र अदुवाको माला लगाएको तस्विर पोष्ट गरेका हुन् ।

‘बहुत हुई महङ्गे टमाटर की मार, अबकी बार‍‍…।’, गुप्ताले फोटो पोष्ट गर्दै ट्विटरमा लेखेका छन् । त्यस्तै उनले मंगलबार आफ्नो ट्विटर अकाउन्टमा भिडिओ पोस्ट गरेका थिए। जहाँ टमाटर किन्ने मानिसको लामो लाइन छ।

‘संसद्‌देखि १०० मिटरको दूरीमा पनि टमाटर किन्नका लागि लामो लाइन छ। पछिल्ला धेरै दिनदेखि संसद्‌मा मोदीजीलाई खोजिरहेका छौँ, तर उहाँ कहाँ गायब हुनुहुन्छ, थाछैन।’, उनले ट्विटरमा लेखेका छन् । सुशील गुप्ता आम आदमी पार्टीबाट राज्यसभा सांसद हुन्।