कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ :४५ बजेबाट नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बसिरहेको छ ।

सत्तागठबन्धन घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दलको बैठक बसिरहेको हो ।

बैठकमा पछिल्ला समसामयिक घटनाक्रम, संसदको अवरोध खुलाउने, विचाराधीन विधेयक लगायतमा छलफल भइरहेको छ । यस्तै, बैठकमा पार्टीका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि छलफल हुने जनाइएको छ । सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।