कोशी प्रदेशको स्वस्थ्यमन्त्रीमा निर्मला लिम्बू नियुक्त

कोशी प्रदेशको स्वस्थ्यमन्त्रीमा निर्मला लिम्बू नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) को प्रदेशसभा सदस्य निर्मला लिम्बू नियुक्त भएकी छिन्।

शुक्रबार लिम्बूलाई प्रदेश प्रमुख पशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

जसपा सांसद निर्मला लिम्बू यसअघि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री थिइन्। केन्द्रमा जसपाले एमालेको साथ छाडेर सत्ता गठबन्धनमा सामेल भएपछि उनले राजीनामा दिएकी थिइन्।