काठमाण्डु- नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले बाँदरको संख्या बढेकोमा चिन्ता व्यक्त गरेकी छिन् । बिहिबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले नेपालमा बाँदरको समस्या समाधान गर्न गाह्रो रहेको बताएकी हुन् ।
बाँदर नियन्त्रणका लागि के गर्ने भन्नेबारेमा अध्ययन नै गर्नुपर्ने उनको भनाइ छ । ‘अरु देशको कुनै मोडेल छ कि हाम्रो यति धेरै ठाउँमा जाली लगाएर कसरी खेती गर्ने , त्यस्तो हाम्रो स्रोत साधन पनि छैन । यो इश्युलाई कलिङ गर्न सक्ने भए कलिङ गर्ने, हाम्रो धर्म संस्कृतिले दिए अनुसार कलिङ गर्ने, बाँदर त कसैले पनि खाँदैन, सो ह्वाट टु डु इट बाँदर ?’ , उनले भनिन् ।




प्रतिक्रिया