सरकारलाई धम्काएर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्दा हुन्छ : गृहमन्त्री श्रेष्ठ

सरकारलाई धम्काएर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्दा हुन्छ : गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको अभियानले भ्रष्टाचारी,तस्कर,ठग र सुदखोरहरू आत्तिएको बताएका छन् ।

शुक्रबार गोरखामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको अभियानले भ्रष्टाचारी,तस्कर,ठग र सुदखोरहरू आत्तिएको बताएका हुन् ।

‘नेपाली समाजमा राम्रो प्रवृत्ति पनि छ, खराब प्रवृत्ति पनि छ, भ्रष्टाचारविरुद्ध अभियान जति अघि बढ्दै गएको छ, तस्करहरूविरुद्धको अभियान जति अघि बढ्न खोज्दैछ, आम मिटरब्याजपीडितलाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान चल्दैछ, जति–जति सुशासनको अभियान चल्दैछ, भ्रष्टाचारी, तस्कर, ठग, सुदखोर, अपराधीहरू आत्तिएका छन्,’ उनले भने । राम्रो काम गर्न खोज्दा नराम्राहरूले सहजै अघि बढ्न नदिने प्रवृत्ति रहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले सरकारलाई धम्काएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न पनि आग्रह गरेका छन्।