काठमाण्डु- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिवार काठमाण्डु प्रतिनिधिसभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताएका हुन् ।
‘केही गरेर कांग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु त छन् । तिनीहरुले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन् । कांग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, कांग्रेस कमजोर भयो भने यो सिस्टम नै के हुन्छ ? भन्ने कुरामा प्रश्न शुरु हुन्छ । त्यसैले हामीले गर्ने के हो भने पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्छ ।’, उनले भने ।




प्रतिक्रिया