सीआईबीले सुन काण्डको अनुसन्धान अगाडि बढाउँदा दोषी पत्ता लाग्छ : गृहमन्त्री श्रेष्ठ

सीआईबीले सुन काण्डको अनुसन्धान अगाडि बढाउँदा दोषी पत्ता लाग्छ : गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीले नै सुन काण्डका दोषी पत्ता लागाउने बताएका छन् । शनिवार प्रेस सेन्टर नेपाल कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले सीआईबीले नै सुन काण्डका दोषी पत्ता लागाउने बताएका हुन् ।

यसअघिका अनुभवमा पनि विभिन्न काण्डमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नभएको उनको भनाइ छ । त्यस्तै उनले नेकपा एमालेले छानबिन समितिको माग राख्दै संसद अवरुद्ध गर्नु दुखद् रहेको बताए ।

‘हाम्रो अनुभव पनि छ । एकचोटी यस्तै काण्डमा चाहिँ संसदबाट समिति बनाइयो । त्यसको रिपोर्ट आयो सिद्धियो । अर्को एक पटक कमरेड केपी ओली नै प्रधानमन्त्री हुनुभएको बेलामा २२ किलो सुन काण्डका सन्दर्भमा एउटा छानबिन समिति बनाउनुभयो उहाँहरुले । त्यो छानबिन समितिको रिपोर्ट त आयो तर केही पनि आएन । न सुन आयो, न त्यसको सिफारिस कार्यान्वयनमा आयो ।’, उनले भने, ‘सीआईबीले यो अनुसन्धान अगाडि बढाउँदा नै दोषीहरु पत्ता लाग्ने र तिनिहरुलाई कानुनको दायरमा पनि ल्याउन सकिन्छ । त्यो होइन भने समिति बनायो, त्यो कसले लागू गर्ने । अनुसन्धान त त्यसले गर्दैन।,’ त्यस्तै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अगाडि बढिरहेको र मुद्दा चलिरहेको बताएका छन् ।