कार्यव्यवस्था परामर्श समिति बैठकमा जुटेन सहमति, एमालेकाे अडान कायमै

कार्यव्यवस्था परामर्श समिति बैठकमा जुटेन सहमति, एमालेकाे अडान कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समिति बैठक सहमति जुट्न नसक्दा निष्कर्षविहीन टुंगिएको छ ।

संसदमा देखिएको गतिरोध अन्त्य र आइतबारका लागि डाकिएको प्रतिनिधिसभा बैठकको एजेण्डाबारे बैठकमा छलफल गर्न बैठक बोलाइएको थियो । तर, सत्तापक्ष र प्रतिपक्ष आफ्नो अडानबाट पछि नहट्दा बैठकमा सहमति जट्न नसेको हो ।

बैठकमा प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने पूर्ववत् अडान नछोडेपछि सहमति जुट्न नसकेको जनाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेसहित संसदमा प्रतिनिधित्व गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरु सहभागी थिए ।