मुख्यमन्त्री थापाको जवाफ : यो प्रदेशको स्थिरताका निमित्त सभामुखलाई राजीनामा गराउनुपर्‍यो

मुख्यमन्त्री थापाको जवाफ : यो प्रदेशको स्थिरताका निमित्त सभामुखलाई राजीनामा गराउनुपर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको स्थिरताका निमित्त सभामुखलाई राजीनामा गराउनुपर्ने बाध्यता रहेको स्पष्ट पारेका छन् ।

सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री थापाले भने, ‘सभामुखको राजीनामाको कुरा आफ्नो इच्छाले राजीनामा गर्नुभएको होइन । यो प्रदेशको स्थिरताका निमित्त, भोलि बन्ने सरकारका निमित्त सभामुखलाई राजीनामा गराउनुपर्ने बाध्यता रह्यो ।’

आफू नेतृत्वको सरकारलाई बहुमत ४७ सांसद पुर्‍याउन राजीनामा गराउनुपरेको उनले बताए । उनले भने, ‘पूर्व मुख्यमन्त्री हिक्मत कार्कीसँग ४६ सांसद थियो, हामीसँग सभामुखसहित ४७ सांसद थियो ।’