काठमाण्डु- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग बयान लिएको छ । सोमवार ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोशीसँग बयान सीआईबी बयान लिएको हो आज दिउँसो फर्काइएका जोशीलाई अपरान्ह बोलाएर बयान लिइएको जनाइएको छ ।
२०६९ मा ‘पशुपति टिकिन्छा गुठी’को नाममा जग्गा दर्ता गर्ने निर्णय हुँदा चन्द्रदेव जोशी भूमि सुधार तथा व्यवस्था मन्त्री थिए । चन्द्रदेव जोशीले पनि ‘टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको’ आरोपमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।




प्रतिक्रिया