काठमाण्डु – अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजना कार्यान्वयन हुन थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्दोलन घोषणा गरेको छ ।
एमसीसी र सरकारबीच कार्यान्वयन सम्झौता भएपछि मंगलवार विज्ञप्ति जारी गर्दै नेकपा महासचिव विप्लव सीले एमसीसी कार्यान्वयनमा लैजाने विषय सम्पूर्ण रूपले अस्वीकार्य एवं असह्य रहेको जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘अमेरिकाले सहयोग गर्न चाहन्छ भने ऊ निशर्त नेपाल सरकार मातहत आउनुपर्छ तर ऊ त्यसरी नआएर नेपाललाई आफ्नो सैन्य अखडा बनाउने घोषित उद्देश्यसहित आइरहेको छ ।’
एमसीसीविरुद्ध नेकपाले १ हप्ताका लागि संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । भदौ ६ गते देशव्यापी बालिङ, ७ गते एमसीसीको पुत्ला दहन, ८ गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन, ९ गते गाउँगाउँमा जागरण प्रचार, १० गते देशव्यापी जनप्रदर्शन, ११ गते काठमाण्डुमा एमसीसीबारे अन्तर्क्रिया कार्यक्रम र १२ गते नुवाकोट, तनहुँमा एमसीसीबारे अन्तर्क्रियाका कार्यक्रम हुने विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया