कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुने भएकाे छ ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा बिहीबार सुनुवाइ हुन लागेको हो ।

कोशी सरकारका पूर्वमुख्यमन्त्री समेत रहेका  एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकीएको छ ।

प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष इसमाइल मन्सुरीले मतदान गरेर बहुमत पुर्‍याइएको थियो । एमालेले त्यतिबेलै प्रदेश सभामा नाराबाजी गरेको थियो ।