एमसीसीमार्फत नेपाललाई अमेरिकन सैन्य अड्डा बनाउन खोजिदैँछ: विप्लव

एमसीसीमार्फत नेपाललाई अमेरिकन सैन्य अड्डा बनाउन खोजिदैँछ: विप्लव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिएका छन्।

विप्लवले आज एक भिडियो सन्देश जारी गर्दै एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिएका हुन् । उनले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यसमा आफूहरूले नफस्नको लागि कांग्रेस, एमाले र माओवादीसहितका दलहरूलाई आग्रह गर्दा पनि नसुनेको बताए।

‘एमसीसीमार्फत नेपाललाई अमेरिकन सैन्य अड्डा बनाउने मनसाय प्रष्ट देखिन्छ। यो नेपाललाई आफ्नो सुरक्षा छाता, प्रभाव र नियन्त्रणभित्र राख्ने देखिन्छ। जुन कुरा न नेपालीको हितमा छ न नेपालको एसियाको क्षेत्रीय राजनीतिसँग मेल खान्छ। त्यो कुरामा नेपाल जानु भनेको गम्भीर विचलन ठहर्छ। हामीले त्यति बेला पनि भनेका थियौँ संघर्ष पनि भएको थियो।’, उनले भने ।