सुन प्रकरणमा जोडिएका महानिर्देशक अधिकारीलाई गृहमन्त्रालयमा तानियो

सुन प्रकरणमा जोडिएका महानिर्देशक अधिकारीलाई गृहमन्त्रालयमा तानियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङसँग सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको हो ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका छिरिङसँग नियमित सम्पर्क रहेको विवरणसहितका समाचारहरु सार्वजनिक भइरहेका बेला अधिकारीलाई मन्त्रालयमा तानिएको छ । दावा छिरिङसँग वीच्याटमार्फत कुराकानी गरेको, अधिकारीले चीनबाट आएका अवैध सामानको फोटो, भन्सार पासका कागजपत्र दावालाई पठाउने गरेका थिए ।

अधिकारीलाई कारोबारमा सहयोग गरेबापत दावाले ठुलै रकम दिने गरेको फरेन्सिक ल्यावमा दावाको फोन रिकभर गर्दा भेटिएको वीच्याट कुराकानीमा देखिएको छ ।

सुन प्रकरणमा अधिकारी पनि जोडिएको भन्दै समाचार प्रकाशित भइरहँदा सीआईबीले अधिकारीलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर, गृह मन्त्रालयले भने उनलाई फिर्ता बोलाएको छ । यसले गर्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि नै प्रश्न खडा गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठकै पहलामा अधिकारीलाई विभागमा महानिर्देशक बनाइएको थियो ।