काठमाण्डु- हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा धरानबाहिर शान्तपूर्ण र्याली निकालिएको छ । स्वधर्मको रक्षा आह्वान गर्दै हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा आयोजना गरिएको र्यालीमा हजारौँ सर्वसाधारण सहभागी छन् ।
हिजो शुक्रवार जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजका लागि निषेधाज्ञा जारी गर्न भन्दै सुचना जारी गरे पछि गए राती देखी धरानमा निषेधाज्ञा सुरु भएको हो ।
आज हिन्दु समुदाय र हिन्दु इत्तर समुदाय दुबैले सो क्षेत्रमा प्रदर्शन गर्ने भए पछि सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको जनाइएको छ । केही दिन अघि एक समुहले गोरु काटेर खाए पछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ ।




प्रतिक्रिया