काठमाण्डु- ललिता निवास जग्गा प्रकरणमा २९० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा पठाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डुले २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाण्डुमा मुद्दा पठाएको हो ।
अदालतमा २९० जना विरुद्ध ललिता निवासको जग्गा घोटला प्रकरणमा मुद्दा दर्ता हुने प्रक्रियामा रहेको छ । हाल उक्त प्रकरणमा १८ जना प्रतिवादी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिना गर्नेविरुद्ध मुद्दा चलाउनका लागि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डुमा बुझाएको थियो । ललितानिवास जग्गा प्रकरणमा सरकारी वकिलको कार्यालयले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको छ ।
संगठित अपराधमा ६० दिनको अनुसन्धान म्याद हुन्छ । तर, सरकारी कीर्तेमा भने २५ दिनमात्र अनुसन्धानको लागि २५ दिनमात्र हिरासतमा राख्न पाइन्छ ।




प्रतिक्रिया