ललिता निवास जग्गा प्रकरणः २९० जनाविरुद्ध मुद्दा दर्ता

ललिता निवास जग्गा प्रकरणः २९० जनाविरुद्ध मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको हो ।

उक्त प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले मंगलबार ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिना गर्नेविरुद्ध मुद्दा चलाउनका लागि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डुमा बुझाएको थियो ।

ललितानिवास जग्गा प्रकरणमा सरकारी वकिलको कार्यालयले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको छ ।