सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पाँचौं नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

यससँगै अर्को पेशी कहिले तोकिन्छ भन्ने कुराले सन्दीपले एसिया कप खेल्ने,नखेल्ने यकिन हुनेछ । यसअघि पनि यो मुद्दाको पेसी पटक पटक परेपनि अन्तिम सुनुवाइ हुन सकेको थिएन्।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।