पोखरा – ट्रकको ठक्करबाट पोखरामा १ जनाको मृत्यु भएको छ ।
पोखराको पृथ्वीचोकबाट सिर्जना चोकतर्फ जाँदै गरेको ग२२प ७९५ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक २० वर्षीया वर्षा कुमालको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी वर्षाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्रक चालकलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया