काठमाण्डु – रसुवाको गोसाइँकुण्ड पुगेर फर्किने क्रममा लेक लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ का १७ वर्षीय आयुश महर्जन रहेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
नुवाकोटको घ्याङफेदीबाट पैदल हिँडेर सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुगेर स्नान गरेर फर्किंदा उनलाई लेक लागेपछि उद्धार गरेर धुन्चे अस्पताल लगिएको थियो ।
अस्पतालबाट हेलिकप्टरमार्फत काठमाडौं बाँसवारीस्थित गंगालाल हृदयरोग अस्पताल ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।




प्रतिक्रिया