६० किलो सुन प्रकरणः अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

६० किलो सुन प्रकरणः अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ६० किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न प्रहरीले अतिरिक्त महनिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ। प्रहरीका महानिर्देक वसन्त कुँवरले सिआईबीकी निर्देशक समेत रहेकी बज्राचार्यको नेतृत्वमा समिति गठन गरेकी हुन्।
हुन् ।

समितिमा विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई सङ्गठित अपराध अनुसन्धानमा जानकारको रूपमा अनुसन्धान गर्न बोलाइएको हो ।

सिआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान टोलीलाई अनुगमन र सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको हो।

त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद सुन सङ्गठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सिआईबीलाई हस्तान्तरण गरेको थियो।

‘रेडी ट्रेड प्राली’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाण्डु ल्याएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । ब्रेक सु सहित जोख्दा १५० किलो तौल रहेको सुन गाल्ने बेलासम्म आईपुग्दा ६० किलोमा झरेको थियो ।