काठमाण्डु- ६० किलो सुन प्रकरणमा संलग्न आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पाल्पा घर भएका गणेश पौडेललाई ६० किलो सुन प्रकरणमा संलग्न आरोपमा पक्राउ गरेको हो ।
यससँगै सुन प्रकरणमा पक्राउ पर्नेका सङ्ख्या २४ पुगेको छ । गत ३ साउनमा हङकङबाट नेपाल ल्याइएको ६० किलो ७१६ ग्राम अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएका बेला बरामद गरेको थियो।
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ। राजस्व अनुसन्धान विभागबाट हुँदै आएको सुन तस्करी छानबिनको जिम्मा सरकारले सीआईबीलाई गत १२ साउनमा सुम्पिइसकेको छ।




प्रतिक्रिया