भदौ १५ गते काठमाडौं महानगरमा सार्वजनिक बिदा

भदौ १५ गते काठमाडौं महानगरमा सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौं महानगरपालिकाले भदौ १५ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

महानगरले सापारु र रोपाइ जात्रा मनाउन नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।

सापारु र रोपाइ जात्राको परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको महानगरले जनाएको छ । बिदा काठमाडौं महानगरपालिका क्षेत्रभित्र मात्र लागू हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा प्रकाशित सूचनामा उल्लेख छ, ‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

भोलि बिहीबार जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेकाले सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । नेवार समुदायले बिहीबार नै गाईजात्रा मनाउने भए पनि शुक्रबार रोपाइ जात्रा मनाउने जनाइएको छ ।