संसद् पुग्यो शिक्षा सम्बन्धी विधेयक

संसद् पुग्यो शिक्षा सम्बन्धी विधेयक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले शिक्षा सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई संसद्मा पुर्‍याएको छ ।

विधेयक प्रक्रिया पुर्‍याएर संसद्मा दर्ता गरिने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा प्रवक्ता एकराम गिरीले संसद्मा विधेयक आइपुगेको बताए । उनले भने, ‘शिक्षा विधेयक संसद्मा आइपुगेको छ, सबै प्रक्रिया मिलेमा भोलि दर्ता हुनेछ ।’

विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्न स्वीकृति दिएको थियो । तर सम्बन्धित क्षेत्रका शिक्षक संघ संगठनले विरोध जनाएपछि फेरि मन्त्रिपरिषद्मा लगिएको थियो ।

मन्त्रिपरिषद्ले पुनः विधेयक पारित गरेर संसद्मा पुर्‍याइएको छ ।