नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै,देशभर शोक बिदा

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै,देशभर शोक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ भने आज सार्वजनिक बिदा पनि दिएको छ ।

मंगलबार हृदयघातवाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिन लागिएकाे हाे । दिउँसो ११ बजे हिन्दु र किराँत परम्परा अनुसार  उनको अन्तिम दाह संस्कार गरिने जनाईएको छ ।

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्बजनिक बिदा दिईएको हो ।