सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि विनोद शर्मालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ। शुक्रबार सिंहदरबारमा बसेकाे संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

अनुमोदन भएसँगै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन् ।

शर्मालाई न्याय परिषद्ले भदौ १० गते न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन।