काठमाण्डु – भारतको उत्तराखण्डका पहाडी क्षेत्रमा भारी वर्षा हुँदा नेपाल–भारत मैत्री बस बाढीमा फसेको छ ।
उत्तराखण्डको हरिद्वार–बिजनौर क्षेत्र भएर बग्ने कोटावाली नदीको पुल क्षतिग्रस्त भएकाले बस वैकल्पिक मार्गबाट गइरहेको थियो, त्यत्ति नै बेला अकस्मात बाढी आउँदा बस फसेको हो ।
बसमा ५३ यात्रु सवार रहेका थिए । बस बाढीमा फसेको सूचना तत्कालै प्रहरीलाई दिएपछि प्रहरी आएर यात्रुको उद्धार गरेको छ ।
केही दिनअघि नेपालका यात्रु सवार अर्काे बस पनि फसेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । हरिद्वार समेत उत्तराखण्डमा भारी वर्षाका कारण नदीमा बहाव बढेको छ । शुक्रबार र शनिबार उत्तराखण्डमा भारी वर्षा हुने भन्दै सतर्कता जारी गरिएको छ ।




प्रतिक्रिया