आन्दोलनरत चिकित्सकसँग वार्ता गर्दै उपप्रधानमन्त्री श्रेष्ठ

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्दै उपप्रधानमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आन्दोलनरत चिकित्सकसँग वार्ता थालेको छ ।

चिकित्सकमाथि कुटपिटका घटना बढेको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन् ।

आन्दोलनरत चिकित्सकसँग सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता गरिरहेका छन् । वार्ता दिउँसो ३ बजेदेखि सिंहदरबारस्थित गृह मन्त्रालयमा भइरहेको छ ।

वार्तामा चिकित्सकका तर्फबाट स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघ लगायतका प्रतिनिधि सहभागी छन् ।

यसअघि चिकित्सकमाथि भएका कुटपिटका घटनाको विरोधमा मंगलबार चिकित्सकहरूले काठमाण्डुमा विरोध प्रदर्शन गरेका छन् ।