सुदूरपश्चिम सरकारको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सुदूरपश्चिम सरकारको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रराज जोशी नियुक्त भएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मंगलबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

नेपालको संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ का अधिवक्ता जोशी २०५८ सालदेखि कैलाली जिल्ला अदालत बार एशोसिएशनमा आवरुद्ध भई कानून व्यवसायीको रूपमा काम गर्दै आएका थिए ।